सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौंः मन्त्री झाँक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 04:37:50 PM मा प्रकाशित

laxmi  sunrise bank

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटो अघि बढाइने बताएकी छिन् । 

देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएकी हुन् ।  

शुक्रबार मन्त्रालयमा आयोजित  सिंहदरबार गुरुयोजनाबारेको छलफलमा मन्त्री झाँक्रीले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनु पर्ने बताईन् ।  

सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत  गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गदैै सर्वसाधारणको प्रवेशलाई समेत व्यवस्थित बनाउनु पर्ने बताईन् ।  

मन्त्री झाँक्रीले यसका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण संलग्न टास्क फोर्स बनाएर गुरुयोजना बनाइने बताएकी छिन् । 

शहरी विकास सचिव डा. रमेशप्रसाद सिंहले सिंहदरबारलाई थप व्यवस्थित बनाउन गुरुयोजना अघि बढाइने बताए । सिंहदरबारभित्रको सुरक्षा प्रणाली उत्कृष्ट बनाउन यो गुरुयोजना महत्वपूर्ण हुने बताउँदै सिंहदरबार गुरुयोजनाले प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्ने उनको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved