भवन निर्माणमा फारको अनुपात ४ र सेटब्याक ५ मिटर कायम गर्ने गरी मापदण्ड संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2022 | 01:23:24 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७२ सालमा गएको भूकम्पको आज ७ वर्ष पूरा भएको छ । त्यही भूकम्प पश्चात ठूला व्यवसायिक तथा आवासीय (अपार्टमेन्ट) भवन निर्माणमा गरिएको कडाई अब खुकुलो हुने भएको छ । यसका लागि आवश्यक तयारी भपनि सहरी विकास मन्त्रालयले गरिरहेको छ । 

मन्त्रालयले हाईराइज भवनहरु निर्माणमा सहजता ल्याउने गरी भवन बनाउँदा छोड्नुपर्ने फ्लोर एरिया रेसियो (फार) र भवन र सडक किनाराबीचको दुरी (सेटब्याक) सम्बन्धि मापदण्ड संशोधन गर्न लागेको हो । 

‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२’ संशोधन गरेर सहरी विकास मन्त्रालयले अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषदमा लगेको छ । 

संशोधित मापदण्डमा फारको अनुपात ४ पुर्याउन लागिएको छ । हालको मापदण्डमा फारको अनुपात काठमाडौं उपत्यकामा रिङरोडभित्र ३ र रिङरोडबाहिर ३.५ हुनुपर्ने व्यवस्था छ ।

भवन निर्माण गर्दा छोड्नुपर्ने भवन र सडकबीचको न्यूनतम दुरी सेटब्याक पनि घटाउने प्रस्ताव संशोधित मापदण्डमा गरिएको छ । २४ मिटर अग्लो कमर्शियल भवन वा अपार्टमेन्ट भवन बनाउँदा सेटब्याक ५ मिटर छाडे पुग्‍ने व्यवस्था गर्न लागिएको छ । हाल सेटब्याक ६ मिटर छोड्नुपर्ने व्यवस्था छ । 

फार र सेटब्याक सम्बन्धी मापदण्ड संशोधन गरेर खुकुलो बनाएपछि कमर्शियल र आवासीय भवनहरुको निर्माण बढ्ने अपेक्षा लिईएको छ । 

सरकारले २०७२ सालको भूकम्पपछि ठूला व्यवसायिक भवन निर्माणमा कडाई गरेको थियो । भूकम्पपछि खासै अपार्टमेन्ट परियोजना पनि आउन सकेका छैनन् । अहिले विस्तारै अपार्टमेन्ट युनिटहरुको माग भईरहेपनि दिन सक्ने अवस्थामा विकासकर्ताहरु छैनन् ।

युनिट अभावकै कारण अपार्टमेन्टको बिक्री छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved