
सरकारले
आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ ।
संघीय
संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा
कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर
नदी तटबन्ध गरिने जानकारी दिएकी हुन् ।
जसबाट
६०० जमिन जोगिने सरकारको लक्ष्य छ । भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र
संघसहित तीन तहको भूउपयोग योजना तयारी गरिने उनले जानकारी दिइन् ।