सर्वोच्चले नबनाउनु भनेको निजगढ विमानस्थलको काम अघि बढाउन संसदीय समितिको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 04:23:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थलको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा बसेको समितिको बैठकले विमानस्थलको काम अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक काम गर्न सरकारलाई निर्देशन दिएको हो। 

ुराष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासको दृष्टिबाट अत्यावश्यक निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने’ समितिको निर्णयमा भनिएको छ । 

समितिले लामो अध्ययन र राष्ट्रिय गौरवको आयोजनाका रुपमा बनाउने भनिएको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने जनाएको छ । 

सर्वोच्च अदालतले केही दिन अघि निजगढ विमानस्थल नबनाउन आदेश दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved