५ महिनापछि खुल्यो बेंसीसहर–डुम्रे राजमार्ग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2022 | 07:12:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बेंसीसहर–डुम्रे राजमार्गमा पर्ने लमजुङको उदीपुर सडकमा अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गरिएको छ । वैकल्पिक सडक निर्माण गरिएसँगै ५ महिनापछि सवारी आवागमन सुरु भएको छ ।

डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने यो सडक मनाङ जाने एक मात्र बाटो हो ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सडक कार्यालयका तर्फबाट सडक निर्माण गरिनुपर्नेमा स्थानीय तहकोसमेत दायित्व सम्झेर सडक निर्माण गरिएको बताए । ‘पानी पर्न रोकिएपछि अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गर्ने तयारी गरेका थियौं । पानी पर्न रोकिएपछि हामीले सडक निर्माण गरेका छौं । 

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बेंसीसहर नगरपालिकाले इन्धन उपलब्ध गराउने, मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रले आवश्यक फलामका पोल उपलब्ध गराउने र डुम्रे–बेंसीसहर–चामे सडक योजनाको प्राविधिक र मेसिनरी सामग्री सहयोग उपलब्ध गराउने छलफलपछि वैकल्पिक सडक निर्माण गरिएको उनले बताए । कात्तिक १६ गतेदेखि वैकल्पिक सडक निर्माण गरिएको र अहिले सवारी गुड्न थालेका छन्। 

सडक कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार १ सय ६० मिटर चौडाइको पहिरो खसेको छ । अहिले कम्तीमा ५ मिटर चौडाइको १ सय मिटर लामो सडक बनाइएको उनले बताए । ‘अहिले वैकल्पिक रूपमा पहिरोबाटै अस्थायी सडक निर्माण गरिएको छ । सडक निर्माणका लागि टेन्डर खुल्दै छ,’ 

गतवर्ष भदौ ११ मा पहिरो खसेपछि अस्थायी रूपमा डाइभर्सन निकालेर सवारीसाधन आवागमन गरिएको थियो । उक्त सडक पनि गत असार ४ को पहिरोले बगाएपछि वैकल्पिक रूपमा मस्र्याङ्दी नदीको तीरैतीर डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved