नारायणी नदीमा आजबाट ‘पानी जहाज’ चल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 09:56:21 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको नारायणी नदीमा आजबाटछ ‘क्रुज सिप’ सञ्चालनमा आउने भएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.ले नारायणी नदी किनारमा आजबाट व्यवसायिक रुपमा क्रुज सिप सञ्चालन गर्न लागेको हो । 

राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लि.का कार्यकारी निर्देशक दिपक ढुंगेलका अनुसार आजबाट क्रुज सञ्चालन हुँदैछ । २ वर्ष अगाडि नै परीक्षण गरेर राखिएको भएपनि कोरोना महामारीका कारण व्यवसायिक रुपमा सञ्चालन हुन सकेको थिएन । 

३ तला रहेको क्रुजमा एक पटकमा १८० जना यात्रु चढ्न सक्छन् । क्रुज चढ्न  ७ सय रुपैयाँ शुल्क तिरेर टिकट काट्नुपर्ने हुन्छ । हरेक यात्रुको १० लाख रुपैयाँ बराबरको बीमा हुनेछ । 

क्रुज सिपभित्र रेष्टुरेण्ट, सांस्कृतिक कार्यक्रमका लागि स्टेज, बैठक हलसमेत राखिएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved