उपप्रधानमन्त्री लिङ्देनलाई भेटेर निर्माण व्यवसायीले मागे २० प्रतिशत पेश्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 05:07:09 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई निर्माण व्यवसायीहरुले भेटेर निर्माण क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । 

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले आज उपप्रधानमन्त्री एवं उर्जामन्त्री लिङ्देनलाई भेटेर निर्माण उद्योगको पछिल्लो समस्या र समाधानका उपायबारे जानकारी गराएको हो । जवाफमा लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनु पर्ने बताएका छन् ।

उनले क्रसर उद्योग बन्द हुँदा निर्माण उद्योगमा देखिएको समस्या चाँडै समाधान हुने आश्वासन पनि दिए । महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएका समस्याले निर्माण कार्य ठप्प रहेको जनाएपछि उपप्रधानमन्त्री लिङ्देनले क्रसर उद्योग सञ्चालनका देखिएका समस्या केही दिनभित्रै समाधान गराउने आश्वासन दिएका हुन् । 

अध्यक्ष सिंहले मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम २० प्रतिशत मोबिलाइजेशन पेश्की व्यवसायीले पाउनुपर्ने माग पनि गरे ।

व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराएका छन् । निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र पाँच प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन  अध्यक्ष सिंहले आग्रह गरेका छन् । 

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.) ले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने प्रष्ट्याएका छन् ।

महासचिव रोशन दाहालले रकमान्तर गरेर भएपनि भुक्तानीको समस्या समाधान गर्न माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved