चक्रपथ सडक विस्तार: पोल हटाउनै बाँकी, मन्त्री भन्छन्, ‘छिट्टै काम अघि बढ्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 11:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साइट क्लियर नभएर लामो समयदेखि रोकिएको काठमाडौँको चक्रपथ सडक विस्तार योजनाको दोस्रो खण्डको काममा अझै केही अबरोधहरु कायमै रहेको देखियो ।

सडक क्षेत्रका कतिपय संरचनाहरु पछिल्लो समयमा हटाइसकिएको छ तर अझै कलङ्कीलगायत विभिन्न क्षेत्रमा पोल हटाउन बाँकी रहेको छ । त्यो काम १०, १५ दिनमा सक्ने नेपाल विद्युत प्राधिकरणले बताएको छ । स्वयम्भु क्षेत्रमा पनि समस्या छ ।

आज त्यही विषयमा  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको टोलीले स्थलगत अध्ययन गरेको थियो । अध्ययनमा नेपालका लागि चिनिया राजदुत पनि सहभागि थिए । 

मन्त्री श्रेष्ठले साइट क्लियर हुँदै गएकाले छिट्टै काम अघि बढ्ने बताए । उनले भने “केही समस्याहरु थिए, समाधान निकालिसकिएको छ, केही पोल हटाउन बाँकी छ, अब छिटै काम शुरु गर्छौँ ।” 

अनुगमनका सहभागि चिनिया राजदुत छन् सोङले पनि काम अघि बढाउने विषयमा सकारात्मक रहेको बताएका छन् । तर साइट क्लियर भयो भएन भन्ने विषमया उनी गम्भिर देखिए । स्थलगत अनुगमनमा क्रममा उनले एक एक गरी साइटको अबस्थाहरु नियाले । स्वयम्भू अगाडि भने सम्पदा क्षेत्र पर्ने भएकाले डिजाइन परिवर्तन गरेर काम गर्ने गरी सम्झौता भएको जनाइएको छ ।

 अन्य साना मन्दिर, पुलिसका चौकीलगायतका संरचनाहरु भने हटाउने क्रम धमाधम भइरहेको देखियो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने विद्युतको पोलका कारण साइटमा अबरोध नहुने विश्वास दिलाएका छन् । केही पोल सार्न बाँकी भएको त्यो १५ दिनमा सक्ने उनले बताए । 

दोस्रो खण्डमा ८ दशमलव २ किलोमिटर काम हुने छ । सन् २०१८ मै सम्झौता भएपनि साइट क्लियर नहुँदा रोकिएको हो । यो खण्ड कलङ्की देखि बसुन्धराको कल्भर्टसम्मको छ । 

नेपाल सरकारले भने त्यसलाई तन्काएर चाबहिल नजिक रहेको धोवीखोला पुलसम्म विस्तार गर्न भनेको पनि उपप्रधानमन्त्री श्रेष्ठले सुनाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved