
कतारका आमिर शेख तामिम विन हमाद अल-थानीले संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पांचौं सम्मेलनको उद्घाटन गरेका छन् । सो क्रममा कतारका आमिर शेख तामिम विन हमाद अल-थानीले अति कम विकसित राष्ट्रहरूको विकास प्रक्रियामा सहयोग गर्न कतारले ६० मिलियन अमेरिकि डलर सहयोग गर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पांचौं सम्मेलनको उद्घाटन गर्दै कतारका आमिर अल-थानीले विश्वका कम विकसित देशहरूको क्षमता विकास गर्न ५० मिलियन अमेरिकि डलर तथा दोहा कार्यक्रमको लागि १० मिलियन अमेरिकि डलर खर्च गर्ने बताएका हुन्।
विश्वका कम विकसित राष्ट्रका राष्ट्रप्रमुखहरूको उपस्थिति रहेको सम्मेलनमा उपप्रधान एवं भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको छ । यसैगरी ति देशका उच्च पदस्थ अधिकारी, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि, व्यवसायी, कुटनीतिक नियोगका प्रतिनिधि, प्रतिष्ठित व्यक्तित्व एवं पत्रकारहरूको उपस्थिति रहेको छ ।
उद्घाटन समारोहलाइ संबोधन गर्ने क्रममा कतारका आमिर अल-थानीले विश्वका कैयौं देशमा भैरहका द्वन्दले अति कम विकसित देशहरू मारमा परेको बताए । उनले भने 'विकसित, कम विकसित तथा अति कम विकसित मुलुकका जनताको भविष्यका बारेमा योजना बनाउँदा नै सबै जनताको समान विकास वारे विचार गरिनुपर्दछ । द्वन्द, आतंक, प्राकृतिक प्रकोप एवं कोरोना महामारीले कम विकसित मुलुकलाइ अझै एक दशक पछि धकेलेको छ । ति देशका लाखौं नागरीक अझै पनि सामाजिक आर्थिक वोझले दबिएका छन् गरिबी, शिक्षा, स्वास्थ्य मात्र नभएर उनीहरू खाद्यान्न अभावमा बाच्नु परेको छ । '
कतारले अन्तर्राष्ट्रिय स्तरमै शान्ति कायम गर्न मध्यस्तताको भुमिका निर्वाह गरेको स्मरण गर्दै आमिर अल-थानीले विकास, मानव अधिकार रक्षा र सुरक्षाको प्रतयाभुतिको लागि कतार सरकारले अन्तर्राष्ट्रिय स्तरमा काम गर्ने बताए ।
पछिल्लो सयम टर्कि र सिरियाले भोग्नुपरेको प्राकृतिक विपत्तिको जिकिर गर्दै उनले त्यस विपत्तिमा भएको मानवीय एवं भौतिक क्षति अपुरणीय भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले यस आपतकालिन समयमा साथ र सहयोग गर्न अपिल पनि गरे । टर्किमा कम्प गएपछि कतारका आमिर अल-थानीले टर्कि भ्रमण गरी आर्थिक सहयोगका साथै १० हजार अस्थायी घर प्रदान गरेका थिए ।
सफल विश्वकप फुटवल सम्पन्न गरेको कतार कम विकसित मुलुकको हक हित र विकासमा साझेदार बन्दै अघि बढ्न तयार रहेको बताउंदै आमिर अल-थानीले कतारमा भैरहेको सम्मेलन दीगो विकासका लागि सन् २०३० सम्मको विकासको योजनामा अघि बढ्न संयुक्त राष्ट्रसंघको कम विकसित मुलुकको पांचौं सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।
सम्मेलन यहि फागुन २१ गते शुरू भएको हो। यो सम्मेलन फागुन २५ गतेसम्म चल्नेछ ।