एमसीसी परियोजनाको सबस्टेसन बनाउन ग्लोबल टेण्डर आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 03:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एमसीए नेपालले एमसीसी परियोजना अन्तर्गत निर्माण हुने सबस्टेसनको लागि ग्लोबल टेण्डर आह्वान गरेको छ । एमसीए नेपालले आज शुक्रबार ग्लोबल टेण्डर आह्वान गर्दै २०८० असार १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

एमसीए नेपालले सबस्टेसन निर्माणको लागि ४ वटा लटको लागि टेण्डर आह्वान गरेको हो। लट १ अन्तर्गत रातमाटे सबस्टेसन, लप्सीफेदी र न्यु हेटौडा सबस्टेसन रहेको छ । लट २ अन्तर्गत न्यु बुटवल सब स्टेसन र लट ३ अन्तर्गत न्यु दमौली सबस्टेसन रहेको छ । 

यी सबस्टेसन सहित परियोजना अन्तर्गत तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो। तीन वटा समूहमा विभाजन गरेर प्रसरंलाइन निर्माण हुने छ । लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा एक सय १७ किलोमिटर लामो प्रसारण लाइन चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । त्यस्तै, रातमाटे-दमौली ९० किलोमिटर लामो चार सय केभी र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको कूल १८ किलोमिटर लामो प्रसारण लाइनसमेत यसैमा समेटिएको छ ।

 नेपालको प्रसारण प्रणालीको विकास तथा सडक निर्माणका लागि अमेरिकाले अनुदान सहयोग उपलब्ध गराएको हो। एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुनेगरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved