चीनले बनाइदिएको कलंकी कोटेश्वर सडक किन भत्काउन थालियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 03:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कलंकी–कोटेश्वर सडक खण्ड भत्काउन थालिएको छ । चीनको आर्थिक सहयोमा निर्माण सम्पन्न भएको ४ वर्षमै कलंकी–कोटेश्वर सडक खण्डको खसीबजारदेखि बल्खुसम्म १ किलोमिटर सडक भत्काउन लागिएको हो ।

कालोपत्रे भासिने, कालोपत्रे चर्किने र फुट्ने समस्या देखिएपछि १ किलोमिटर खण्डको कालोपत्रे उक्काएर सडक विभागले नयाँ बनाउन लागेको हो । 

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेले बेसमेन्ट बिग्रिएकाले पुनः कालोपत्रे गर्न लागिएको जनाएका छन् । अर्को बेस राखेर नयाँ पिच गरिने उनको भनाई छ । 

नयाँ पिच गर्नका लागि लाग्ने खर्च विश्व बैंकले ब्यहोर्ने छ । 

यसअघि २०७५ माघमा चीनले यो सडक निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको थियो । तत्कालिन चिनियाँ राजदूत होउ यान्छीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी थिइन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved