
नागढुङ्गा-मुग्लिन सडक निर्माणमा कुनै बहानाबाजी नगर्न भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री प्रकाश ज्वालाले ठेकेदारहरुलाई चेतावनी दिएका छन् । विस्तारको चरणमा रहेको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक निर्माणमा कुनै बहानाबाजी गर्ने छुट नभएको सडक अनुगमनका क्रममा आज उनले बताए ।
उनले भने, “उहाँहरुको समस्या पनि समाधान गछौँ, काममा बहानाबाजी गरेर भाग्न पाइँदैन, समग्रमा क्रोनिक ठेक्काको काम अघि बढाउने र काम नहुने लाईलाई ठेक्का तोडेर नयाँ विकल्पमा जाने निर्णय पनि गर्दै गएका छौँ ।”
राजधानी जोड्ने मुल सडक भएकाले अहिलेसम्म जे जे समस्या झेलिए पनि त्यसलाई समन्वयात्मक रुपमा समाधन गरी कामलाई तिब्रता दिने प्रतिबद्धता जनाएका छन् ।
उनले थपे, “यो हाइवेका सन्दर्भमा पनि कहीँकतै समस्या छ भने स्पष्टसँग भन्नुपर्यो समाधान गछौँ, क्याविनेटबाट गर्नुपर्छ की, मन्त्रालयबाट गर्नुपर्छ की, ऐन कानुन हेरफेर गर्नुपर्छ की, सबै कुकारको निम्ति तयार छौँ तर उहाँहरुले आफूलाई तोकिएको निर्धारित काम सम्पन्न गर्नुपर्छ अयोजना प्रमुख र कर्मचारी साथीले पनि ।”