सौर्य एयरलाइन्सको जहाज माथि टाटाको टियागो, बिज्ञापन गर्ने नयाँ शैलीको सुरुवात

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 03:09:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सौर्य एयरलाइन्सको जहाजको बाहिरि भागमा अटोमोवाइल्स कम्पनी सिप्रदी ट्रेडिङको बिज्ञापन सुरु भएको छ। सौर्य एयरलाइन्सको जहाजमा सिप्रदी ट्रेडिङको बिज्ञापन राख्ने सम्बन्धि भएको सम्झौता अनुसार पहिलो पटक जहाजको वाहिरी भागमा टाटाको टियागो गाडीको बिज्ञापन सुरु भएको हो। 

सौर्य एयरलाइन्सको जहाजमा टाटाको टियागो गाडीको बिज्ञापन राखेसंगै नेपालमा बिज्ञापन गर्ने नयाँ शैलीको सुरुवात भएको छ। जहाजको वाहिरी भागमा कुनै एक कम्पनीको प्रचारात्मक सामग्री राखिएको यो पहिलो पटक भएको कम्पनीले जनाएको छ। सौर्य एयरलाइन्सलाइ सिप्रदीले यसका लागि एक बर्षसम्म प्रचार खर्च भुक्तानी गर्ने जनाइएको छ।    

पछिल्लो पटक नेपाली बजारमा ख्याती कमाईरहेको टाटाको टियागो गाडीको लेटेस्ट व्राण्डलाई नौलो ढंगवाट प्रचारमा उतारेको कम्पनीले जनाएको छ।    एयरलाइन्सको वाहिरी भागसहित जहाजका सिट लगायत भित्री अन्य भागमा पनि टाटाको प्रचार सामाग्री रहने जनाइएको छ । सौर्य एयरलाइन्स पछिल्लो समय आफ्नो आन्तरिक उडानमा सेवा विस्तार गरिरहेको निजी क्षेत्रको कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved