‘स्टिलजन्य सामाग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायी मारमा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2024 | 07:44:58 PM मा प्रकाशित

laxmi sunrise bank

निर्माण उद्योगमा प्रयोग हुने स्टिलजन्य सामाग्रीहरूको हठात् मूल्यवृद्धि भएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघले निर्माण व्यवसायीहरुको अरबौं भुक्तानी नहुँदा मुलुकको समग्र निर्माण उद्योग नै धरासायी भएको बखत स्टिलजन्य सामाग्रीहरूको हठात् मूल्यवृद्धि निमार्ण क्षेत्र मारमा परेको जनाएको छ । 

महासंघका महासचिव रोशन दाहालले शुक्रवार विज्ञप्ति जारी गर्दै स्टिलजन्य सामाग्रीको उत्पादनसँग सम्बन्धित् डलर इन्धन लगायतका कुनैपनि वस्तुमा मूल्यवृद्धि नहुँदा लोडसेडिङलाई कारण देखाई मूल्यवृद्धि गरिनु अनुचित भएको उल्लेख गरेका छन् । निर्माण कार्य तीव्र गतिमा हुने अहिलेको सिजनमा खुल्ला अर्थतन्त्रको नीति विपरीत स्टिल उद्योगीहरुले कार्टेलिङ गरी प्रति केजीमा रु. १५ देखि २० सम्म अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि गरेको पाइएको विज्ञप्तिमा जनाइएको छ ।

 ‘केही समय अघि प्रति केजी रु. ८० मा पाइने स्टिलको मूल्य २०८१ जेठ पहिलो साता आइपुग्दा रु. १०० पुग्दा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेका छन्’ महासचिव दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 

'विगतमा पनि स्टिलजन्य सामाग्रीको माग बढ्ने समयमा कार्टेलिङ गरी पटक–पटक भएको यस किसिमको मूल्यवृद्धिको कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरुलाई नै आर्थिक भार परेको महासंघले स्मरण गराएको छ । हाल स्टिलजन्य सामाग्रीमा कालोबजारी मार्फत् भएको मुल्यवृद्धि नियन्त्रण गरी निर्माण व्यवसायी लगायत आम उपभोक्तालाई राहत दिन महासंघले जोडदार माग गर्दै कालोबजारी गर्ने माथि कानून बमोजिम आवश्यक कारवाही गर्न समेत सम्बन्धित् निकाय समक्ष माग गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved