नेपाल एयरलाइन्सको टिकट अनलाइनबाट किन्न सकिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 16, 2017 | 04:37:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सको टिकट अनलाइनबाट किन्न सकिने भएको छ। यससंगै नेपाल एयरलान्सका विमानबाट यात्रा गर्न हवाई टिकटको लागि ट्राभल एजेन्सीमै पुग्नुपर्ने बाध्यता सकिएको छ। 

निगमको टिकट लिन चाहनेले विश्वकै जुन सुकै भागबाट अन्तर्राष्ट्रियस्तरमा प्रचलित भुक्तानी कार्डको प्रयोग गरि अनलाइन मार्फत टिकट बुकिङ गर्न सक्नेछन।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगम संचालक समितिका अध्यक्ष शंकर प्रसाद अधिकारीले एक समारोहका बीच अनलाईन बुकिङ्ग सेवाको उद्घाटन गरे। उनले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवं उपयोगी प्रयोग पनि भएको बताउँदै त्यस तर्फ थप प्रयास आवश्यक रहेको औल्याए।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आवद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने निगमले जानकारी दिएको छ।

उक्त अवसरमा महाप्रवन्धक सुगतरत्न कंसाकारले निगम नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजना सहित अघि बढेको बताए। उनले आफ्ना ग्राहकहरुलाई अनलाइन बुकिङ्गमा समावेश गर्न पाएकोमा खुसि व्यक्त गरे।

निगमका अनुसार भारतको वर्ड इन्फर्मेसन सिष्टम तथा थाइल्याण्डको टुसीपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएको  हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved