गाउँकै विद्यालयमा कक्षा ५ सम्म पढेका रोल्पा सुनिल स्मृती गाउँपालिका ८ अरेशका पावेल विक काठलाई कुदेर भाँडा वनाउने पेशामा लागे । आफ्ना दौंतरी विदेशका मरुभूमीमा पसिना वगाई रहदाँ पावेल भने वावुवाजेको विडो थाम्दै काठको भाँडा वनाउने पेशमा आफ्नै गाउँमा रमाईरहेका छन् ।
पावेलसंगै काठ कुदेर भाँडा वनाउने पेशामा अन्य ४ जना युवा पनि संलग्न छन । रोल्पा सुनिल स्मृती गाउँपालिकाको धनमुडा र लुंग्री गाउँपालिका १ पाङको आलिवाङमा २ ठाँउ पानीवाट चल्ने मेसिन जडान गरेर पुख्र्यौैली पेशा र प्रविधिलाई निरन्तरता दिईरहेका छन् उनीहरुले । पछिल्लो प्रविधिले परम्परागत पेशा व्यवसायलाई लोपोन्मुख अवस्थामा पु¥याई रहेको वेला पावेलको समूहले भने यसै पेशालाई आधुनिकरण गर्ने सोंचमा निरन्तर खटिरहेको छ ।
वावुवाजेले काठको ठेका, हर्पे मात्रै वनाउनु हुन्थ्यो, हामी भने वजारको मागलाई मध्यनजर गर्दै ठेका वाहेक गिलास, गमला,प्लेट,थाली,कचौरा तथा अन्य सजावटको सामान पनि तयार गरिरहेका छाँै पावेलले भने । काम गर्नको लागि नयाँ प्रविधि तथा सीप छैन् वावुवाजेले प्रयोग गरेको प्रविधि प्रयोग गरेर काम गर्न वाध्य छौ पावेलले भने । सामान उत्पादन गर्ने तालिमको अवसर पनि छैन्, चित्र हेर्दै आफै नक्सा कोरेर सामान तयार गर्छाँै पावेलले भने ।
पछिल्लो समय पेशा संकटमा पर्दैजान थालेको उनीहरुको गुनासो छ । काठलाई कुदेर बनाईने ठेकी लगायत दही, दुध, घिउ, नौनी राख्नेभाडा बनाउने उक्त पेशा संकटमा परेको हो । गाउँमै सानोतिनो आमदानी पनि हुने र पुख्यौली विडो पनिथामिने भन्दै यो पेशा यहाँका युवालेयो पेशा अगालेको अर्का व्यवसायी केशर विकले वताए । पेशामा आएको संकटसंगै जीविको चलाउन निकै गाह्रो भएको छ विकले भने । आधुनिक प्रविधिलाई प्रयोगमा नल्याउदा सम्म काम गर्न पनि असजिलो र ढिलाई भएको उनीहरुको भनाई छ ।
अरेशका यी युवाहरुले विगत १० वर्ष देखी यो पेशालाई निरन्तरता दिईरहेका छन । यही पेशाबाट उनीहरुले घर खर्च टार्दै आएका छन् । केही वर्ष अघि सम्म यो पेशा अलाग्नेहरुको संख्या धेरै भए पनि अहिले धेरैले पेशा परिवर्तन गरिसकेका छन् । पेशा परिवर्तन गरेका मध्ये अधिकांश वैदेशिक रोजगारीमा गएका छन् ।
काठको भाँडामा दही, दूध, घिउ राख्न र दहि मथ्नका लागि अव्वल मानिन्छ । गिठा,गुराँस जस्ता काठवाट यस्ता सामान वन्ने भएकाले पहाडमा यी काठहरु प्रशस्त पाईने भएकाले भाडा बनाउने कच्चा पदार्थको समस्या छैन् । पहिले पहिले गाउँ नजिक काठ पाईन्थे जसले काम गर्न सहज थियो अहिले अलि टाढावाट ढुवानी गर्न पर्ने भएकाले केही असहजता भए पनिकच्चा पदार्थनै नपाईने समस्या भने छैन पावेलले भने ।
एक माना अट्ने भाँडाको मूल्य ७ सय रुपैया तोकिएको छ । शहरमा पाईने प्लाष्टिक र माटाका भाडाले समेत काठको भाँडालाई विस्थापित गरेका कारण काठको भाडा प्रयोगकर्ताको संख्या घट्दै जान थालेको हो । पहिले बजार तिर दुध, दही, घिउ राख्ने भाडा नपाईने भएकाले यसको माग पनि वढी थियो । अहिले भने वजारमा आएका प्लाष्टिक र माटाको भाडाले काठको भाडाहरु पहिले जस्तो विक्री हुदैनन केशरले भने ।काठको भाँडाले रोल्पाको पहिचान समेत वनाएको छ । पछिल्लो पटक आफुहरुले वनाएको सजावटका भाडा न्यूजिल्याण्ड सम्म पुगेको पावेलको भनाई छ । देशका विभिन्न ठाउँ सम्म हामीले तयार गरेका भाडा पुगेका छन् पावेलले भने । छिमेकी जिल्ला प्यूठान, दाङ,वाग्लुङमा समेत विक्री हुदै आएको छ ।
प्रचार प्रसार नभएकाले व्यवसाय फस्टाउने नसकेको बुझाई छ विकको । आधुनिक प्रविधि भए काम गर्न सजिलो र छिटो हुन्थ्यो पावेलले भने । स्थानीय सरकारले व्यवसाय प्रवद्र्धन गरि रोजगारीका अवसर सिर्जना गर्न सहयोग गर्न तत्परता देखाउनु पर्छ पावेलले भने । विगतमा रोल्पाको पाङ, गुम्चाल,सिर्प, अरेश लगायतका स्थानमा यो पेशा गरिएको भए पनि पछिल्ला दिनमा आएको पेशा माथिको संकटले अरेशका केही युवाहरुमा मात्रै खुम्चन पुगेको छ ।