कोभिडका आहाराहरु !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 08:38:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सानु साही पुलामी 

कोभिड–१९ (कोरोना भाइरस) ले विश्व थला पर्यो । कोहि उठ्ने तरखरमा छन, कोहि बेहोस छन, कोहि अर्धचेत छन, कोहि अचेत छन तर नेपाल भने रोगको भन्दा पनि भोकको डरले उठेर कुद्न थालेको छ । मानिसको सबै भन्दा ठुलो सत्रु नै भोक रैछ।रोगले सबै मर्ने हैन रैछ निको पनि हुँदो रैछ “भन्ने मान्छेलाई थाहा भयो।अनि यो पनि थाहा भयो कि भोकले छिट्टै मरिन्छ तर रोगले मर्ने निश्चित छैन । विकसित देशमा जनताको खाने बस्ने,औषधी उपचारको जिम्मा सरकार र राज्यले लिन्छ तर यहा राज्य र सरकार छ जस्तो नै लाग्दैन।जनताले खै के पाए?त्यही अभाव र गरिबी सिवाय जनताले न राणा शासनमा,न प्रजातन्त्रमा न त गणतन्त्रमा पाएका छैनन् ।राणा शासन हटाउन चार जना होनहार युवा सहिद भए त्यही मुठ्ठीभरका मान्छेलाई सुख ,शान्ति र सम्वृद्धी दिन ,१७ हजार मान्छे मरेर गणतन्त्र आयो अनि हजारौं छोटे राजाहरुलाई सुख ,शान्ती र सम्वृद्धी मिल्यो।जनता मरे सहिदको लिस्ट अलि लामो भयो त्यति हो।

सहिद घोषणा हुदैमा उनीहरूले बगाएको रगतको मूल्री चुक्ता हुँदैन ।जनताले पनि सुख ,शान्ति र सम्वृद्धिको प्रत्याभूत गर्न सक्नुपर्छ ।जनता सधै रोग,भोक,अभाव र गरिबीले छट्पटाइ रहदा मखमली कार्पेट र चिल्लो कार अनि चील गाडीमा स्वर्गीय आनन्द लिएर विकासको सपना पूरा गर्नेहरु छातिमा हात राखेर भन्न सक्नुपर्छ जनतालाई यो महामारीमा हामीले के के गर्यौ?अनि के के दियौ?लकडाउनको सुरुवाती चरणमा  १० कोलो चामल बाडेर सामाजिक संजाल भरी गरिबीको मजाक उडायौ।बैतर्नी दान गर्दा गाईको पुच्छर समाते झै भ्याउनेले चामलको पोको नभ्याउनेले एकले अर्काको जीउ छोएर १९ किलो चामल दियौ।के ( के न गरेझै राष्ट्रिय तथा अन्तरास्ट्रिय पत्र पत्रीकामा आफ्नो फोटो पोस्ट्यौ।के यतिले पुग्यो त जनताले भोट हालेर त्याहा पुर्याएको गुन तिर्न?चुनावको याद मलाई झलझली आइराको छ त्यो बेला त सबै नेताले सबै जनातालाई चिन्थ्यौ।“सन्चो बिसन्चो,खाको छौ कि भोकै छौ,कति पढ्दै छौ,केमा काम गर्छौ,का बस्छौ,गाह्रो सार्हो पर्यो भने मलाई भेट्न आउ है।“ तर आज जनताको चुल्हो निभ्दा खै सोधेको के खायौ भनेर?अनि बिरामी परेर हस्पिटलमा बेड नपाएर छ्ट्पटिदा खै सहयोग गरेको?घर जान हिड्दा बाटोमा अलपत्र हुदा खै घर जान सहयोग गरेको?चुनावको बेला त गाडि रिजर्भ गरेर ठाउँ ठाउँमा लिन लानु भएको थियो ,तातो चिसो के खानुहुन्छ?भनेर सोधपुछ गर्नुहुन्थ्यो ।भोट हालेर घर फर्कदा खाना खाएर जानू भनेर मासु भात पकाएर मतदान केन्द्रको नजिक तान्दै लानुहुन्थ्यो ।आफै सक्छु,म आफै हाल्छु भोट हाल्छु बाबू भन्ने बा आमालाई हात समातेर आफ्नो चुनाव चिन्हमा छाप ठोकिदिनु हुन्थ्यो।कस्तो मिठो र आत्मीय माया तर आज खै?यी सब मायाको नौटन्की कहाँ हरायो ?अर्काको लहैलहैमा लागेर लकडाउन गर्यो।कुनैपनी पुर्व तयारी बिना।मान्छेहरु ठाँउ ठाउमा अलपत्र परे।जहाँ जहाँ काम गरेका थिए त्यहि त्यही रोकिए ।२५ दिनसम्म हिडेर सुदुरपुर्वको मान्छे हिडेर सुदुर पश्चिम पुगे।यो बेला चुनावको बेला गाडी रिजर्भ गर्ने हाम्रा छोटे राजाहरु कहाँ गए?के फेरि दुई वर्ष पछि जनताको नजिक आउनु पर्दैन यी राजाहरुलाई?

मान्छे ज्यान जोखिममा राखेर आ आफ्नो कामतर्फ फर्किसके ।भोग मैसासुरले मुख बाए जसरी बाइरहेको छ।यसले मान्छेलाई पक्कैल खान्छ।त्यसैले मान्छे काम र मामको खोजीमा बाहिर निस्के यो राज्यकै कमजोरी हो। राज्यले जनताको आवस्यकता पुर्ती गर्न सकेको भए जनता किन आत्तिएर ज्यानको बाजि थापेर काम र मामको खोजमा भौतरिन्थे? राज्य यति लाचार र निरीह भयो कि जनताले राज्य र सरकार छ भन्ने अनुभूत नै हुन सकेन।राज्यका सम्पुर्ण सन्यत्र कमजोर भयो।नेपालीहरु आफ्नै भूमिमा र अर्काकी भूमिमा अलपत्र परे।लाखौ नेपालीको रोजीरोटी गुम्यो।परदेशमा भएका नेपालीहरु आफ्नो देशमा फर्कन अनेक हार गुहार गर्दैछन।तर सरकार कानमा तेल हालेर कुम्भकर्ण झै सुतिरहेको छ।कतिको भिजा सकिएको छ कतिको कम्पनी डुबेर अलपत्र परेका छन।घर फर्कन महङ्गो टिकट किन्ने हैसियत छैन उनीहरुमा ७र८ महिना बसेर खादा सबै पैसा सकिएको छ ।काम गरे अनुसारको तलव भत्ता पाउन सकेको छैन।सरकार र मेनपावर कम्पनी मौन छ।कति मेनपावर कम्पनी  त बन्द भैसकेको छ ।यसरी आफ्ना नागरिक आफ्नो र अर्काको देशमा अलपत्र हुदा सरकार मौन बस्न मिल्छ?तिनै युवाले भित्र्याएको रेमिटेन्सले देश चलाउन मिल्ने अनि अलपत्र नागरिकलाई झिकाउन केही गर्न नसक्ने लाचार राज्य र सरकारलाई अब जनताले के को लागि कर तिर्ने ?

स्कुल ,कजेज सब बन्द भए।बिद्यार्थी ,शिक्षक बीचको भौतिक दुरी टाढा भयो ।सरकारले बेतुकको बिगुल फुक्यो अन्लाईन पढा । जहाँ कुनै भौतिक पुर्वाधार छैन ,पुर्व तयारी छैन त्यहा अन्लाईन शिक्षा “जान्नेलाई शिरखण्ड नजान्नेलाई खुर्पाको बीड“भनेजस्तै भयो।“अझ भुइँमा छैन ढुटो गल्लीमा सान,त्यो भन्दा पनि सत्य त हिड्न नसक्नेलाई दौडन लाउने“जस्ता उखान सङ्ग मेल खान गयो।केही सिमित शिक्षक र अभिभावकसङ्ग अन्लाईन पहुच भएपनि  अधिकान्स शिक्षक र बिद्यार्थी अन्लाईन बाट बाहिर छन।यो कुरा सरकारलाई हेक्का भएन क्यारे।अधिकान्स जनतालाई ज्यान कसरी बचाउने ,छोराछोरी केले पाल्ले भन्ने पीर थियोे ।उनीहरूलाई आफ्नो,छोराछोरीको,बुढा भएका बा आमाको पेटले सताउथ्यो तर सरकार अन्लाईन शिक्षाको बिगुल राजधानीमा बसरे फुक्दैगयो।छोराछोरी अन्लाईन पढाई हुन्छ मलाई मोबाइल ,ल्यापटप किनिदे,वाई फाई जोडिदे भनेर रोइलो काढ्न थाले।अभिभावक के गरून् ?विचरा !रहर त कहाँ नभएको हो र छोराछोरी ल्यापटप ,आइफोन र मोबाइलमा पढेको हेर्ने?उहाहरुलाई सबैभन्दा ठुलो समस्या थियो पेट भर्ने र भराउने।सरकारले फुक्यो भै गो केटाकेटीलाई रोए भै गो।नेपालीमा एउटा उखान छ पाहुनालाई आइदिए भै गो छोराछोरीलाई रोइदिए भैगो“भन्ने उखान चरितार्थ भयो।यसको पीडा सबभन्दा बढि अभिभावकलाई छ।यो हामी आम नागरिकलाई मात्रै हैन सरकारलाई पनि थाहा हुनुपर्ने हो।कतिको कोख रित्तियो अन्लाईन कक्षाका कारण यसको क्षतिपूर्ति कसले भर्छ?मोबाइल किन्ने परिवारको हैसियत नहुदा छोराछोरीले आत्महत्याको बाटो रोजे।छोराछोरी त परिवारको आवश्यकता पूरा गर्न नसक्दा कति अभिभावकले आत्महत्याको बाटो रोजे।यो सबको जिम्मा कसले लिन्छ?हुन त आत्महत्या नै समस्या समाधानको बाटो कदापि हुन सक्दैन।यो यो ८र९ महिनाको बीचमा सरकारले कागजमा र भाषाणमा धेरै गर्यो।सबैभन्दा बढी गृहकार्य सरकारले गर्यो।अनेक किसिमका कार्यविधि पनि बन्यो तर खासै फलदायी भएन।अन्लाईन कक्षा फेल नै भयो भन्छु म चाहिँ ।चाहे तपाइँ जे सुकै भन्नुहोस् ।“सबैले आरोप लगाए सरकारी शिक्षकले ९ महिना सुतेर खाए ।“सबैभन्दा सुख शिक्षकलाई भयो।शिक्षकलाई तलब नखुवाए पनि हुन्छ ।सरकारी शिक्षकको तलब निजि स्कुलमा शिक्षकलाई दिनुपर्छ। “आदि आदि जस्ता आरोप कति आए आए।के यो स्कुल नखुल्नु शिक्षकको रहर हो त?सरकारले अन्लाईन पढा भनेर आदेश दियो ।बिज्ञान र प्राविधिबाट पछि परेको शिक्षकले जसरी भए पनि सिक्नुपर्छ भन्ने मानसिकताले कम्प्युटर किने,ल्यापटप किने,कम्प्युटर सिके,जानेका शिक्षकले विभिन्न शैक्षिक एपबाट  आई.सी.टी.सम्बन्धि तालिमहरु दिए निशुल्क रूपमा ।जसमा “प्राविधि मैत्री शिक्षक सामाज नेपालले “ठुलो भुमिका खेलेको पाइन्छ। तर यहाँ प्रश्न उठ्छ सरकारले कति जना शिक्षकलाई  आइ .सी.टी  तालिम दियो?कति जना बिद्यार्थीलाई कम्प्युटर ,ल्यापटप र मोबाइलको व्यवस्था दरिदियो?कति जना बिद्यार्थीले अन्लाईन शिक्षामा सहभागी भएर लाभ लियो?हुन त सरकारले रेडियो टेलिभिजनमा भर्चुअल कक्षा संचालन गरेको छ ।यो सर्हानिय काम हो।तर सरकारलाई अलिकति थाहा हुनुपर्ने बिद्यार्थी शिक्षकको प्रत्यक्ष निगरानीमा त पठनपाठन रुचि राख्दैनन् झन घरमा टेलिभिजन र रेडियोमा के पढ्थे?यसमा दोषी को त?शिक्षक,अभिभावक ,सरकार  कि विद्यार्थी?

सबैको आ–आफ्नो ठाउमा दोष छ । कसैले पनि म निर्दोष छु भनेर पन्छिन पाउदैन ।सरकारले प्रत्येक स्थानीय तहमा अन्लाईन कक्षाका लागि प्रत्येक स्थानीय तहमा तीन लाख देखि पाँच लाख (३००००० ÷५०००००) सम्म दिएको छ रे तर त्यो कहाँ कुन(कुन शीर्षककमा खर्च भयो?थाहा पाउन मन लाग्यो।सम्पुर्ण दोष जति शिक्षकलाई थोपर्ने प्रवृतिका कारण शैक्षिक स्तर खस्केको कुरामा हेक्का सबैले राखे राम्रो।सरकारी स्कुलमा पढाई हुँदैन भन्ने गलत मानसिकता कारण केही पढेलेखेका ,बुझेका व्यक्तिहरु आफ्ना छोराछोरीलाई नीजि स्कुलमा चर्को शुल्क तिरेर पढाउछन।जो छोराछोरीको पढाई भन्दा पनि छोराछोरीको हात र मुख केले जोर्ने भन्ने चिन्तामा रुमल्लिएका अभिभावक छोराछोरी सरकारी स्कुलमा पढाउछन।अनि स्कुल पठाउने बित्तिकै छोराछोरीले सिकिहाल्छन हाम्रो काम स्कुल पठाउने हो पढाउने ,सिकाउने सबै जिम्मा शिक्षकको हो भन्ने धारणा राख्छन् ।आफ्ना छोराछोरी स्कुल गए कि गएनन् ?गृहकार्य गरेकी गरेनन् ? उनीहरूसङ्ग कलम कापी छ कि छैन ?त्यसको केही हेक्का राख्दैनन ।बिद्यार्थी पनि पास भै हालिन्छ किन पढ्नु?भन्ने गलत मानसिकता कारण पठनपाठनमा रुचि राख्दैनन् ।शिक्षकको पनि कमजोरी हुँदै  नभएको भन्ने छैन ।केहि ठगठाग गर्ने,पठनपाठन भन्दा पनि राजनीति गर्दै हिड्ने केही शिक्षकहरू पनि छन ।शिक्षक नियुक्ति ,सरुवा ,बढुवा र करार ,राहतमा शिक्षक भर्ना गर्दा उसको योग्यता क्षमता भन्दा पनि  कुन पार्टीको हो ,यसले हामीले भनेको मान्छ कि मान्दैन भन्ने आधारमा टेकेर गरिन्छ ।अनि किन नबोकोस त विचरा शिक्षकले पार्टीको झोला र झण्डा ?

अहिले कोरोना भाइरस नियन्त्रण भएको हैन।लकडाउनले थिलथिलो भएको शैक्षिक स्तरलाई  पहिलाकै अवस्थामा लैजान स्कुल कलेजहरु खुल्न थालेको छ।केन्द्रीय सरकारले स्थानीय तहलाई जिम्मा दियो।आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर स्कुल कलेज सन्चालन गर्नु।अभिभावक पनि वाक्क थिए छोराछोरी घरमा कसरी थेग्नु भनेर अनि केही विद्यार्थी पनि पढाई सन्चालन नभएकोमा चिन्तित थिए ,शिक्षकहरु पनि अन्लाईन कक्षा असफल भए पछि स्कुल खोल्न आतुर थिए ।स्थानीय सरकारको निर्देशन पाए लगतै धेरै ठाँउमा स्कुल कलेजहरु भटाभट खुल्न थाले।अब यसले कस्तो अवस्था सिर्जना गर्ने हो हेर्न बाकि नै छ।जतिसुकै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए पनि संक्रमण रोकिने छाटकाट छैन ।भौतिक दुरि कक्षा कोठामा कायम गर्न सके पनि स्कुल बाहिर बाटोमा खेल मैदानमा ,खाजा खाने ठाउँमा विद्यार्थीलाई भौतिक दुरी कायम गर्न सकिएको देखिदैन ।शिक्षकले त बिधालयको चार दिवार बाहिर मात्रै निगरानी राख्न सक्छ तर बाटोघाटोमा सम्भव देखिदैन ।यस्तो विषम परिस्थितिमा यो संक्रमणबाट वचन भगवान भरोसामा पर्नु पर्ने देखिन्छ।

(लेखक जनता क्याम्पस बर्दिबासमा अध्यापक हुनुहुन्छ)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved