सूर्या लाइफ इन्स्योरेन्सको ४१ हजार कित्ता शेयर लिलाममा, लाभांश पनि पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 10:08:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी Surya Life Insurance Company Limited को संस्थापक सेयर विक्रीमा ल्याएको छ ।कम्पनीले संस्थापक तर्फको ४१ हजार  ४ सय कित्ता सेयर बोलकबोल मार्फत फागुन  १९ गते आजदेखि गतेदेखि विक्री सुरु गरेको हो । 

कम्पनीको सेयर खरिद गर्न योग्य व्यक्तिले प्रतिकित्ता २ सय ७५ रुपैया नघट्ने गरी फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम १ सय र अधिकतम सम्पूर्ण कित्तााको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यस अघि फागुन ५ गते ५५ हजार कित्ता लिलामी विक्री गरेको थियो । 

कम्पनीको बोलकबोल मार्फत संस्थापक सेयर खरिद गर्नेहरुले पनि कम्पनीले घोषणा गर्ने लाभांश पाउन सक्नेछन् । सुचिकरण भइनसकेको वोनस सेयरको हकमा सूचीकरण भई कम्पनीको डिम्याट खातामा प्राप्त भएपछि नामसारी गर्न सकिने सुचनामा उल्लेख छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved