नागरिक लगानी कोषको डेढ लाख कित्ता शेयर लिलाममा, लाभांश पनि पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 09:46:41 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष Citizen Investment Trust को संस्थापक सेयरको लिलामी सुरु गरेको छ । कम्पनीले संस्थापक तर्फको १ लाख ६६ हजार  ३२ कित्ता सेयर बोलकबोल मार्फत चैत २ गतेदेखि विक्री सुरु गरेको हो । कम्पनीले यस अघि फागुन  १९ गते देखि २९ गतेसम्म्म  विक्रीमा राखेको थियो । उक्त सेयर विक्री नभएपछि बैंकले मुल्य घटाएर पुन विक्रीमा ल्याएको हो ।  

कम्पनीको सेयर खरिद गर्न योग्य व्यक्तिले प्रतिकित्ता १ सय ७ रुपैया नघट्ने गरी चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम १ सय र अधिकतम सम्पूर्ण कित्तााको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीको बोलकबोल मार्फत संस्थापक सेयर खरिद गर्नेहरुले पनि कम्पनीले घोषणा गर्ने लाभांश पाउन सक्नेछन् । सुचिकरण भइनसकेको वोनस सेयरको हकमा सूचीकरण भई कम्पनीको डिम्याट खातामा प्राप्त भएपछि नामसारी गर्न सकिने सुचनामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved