सूर्या लाइफ इन्स्योरेन्सको ३९ हजार कित्ता शेयर लिलाममा, लाभांश पनि पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 09:32:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक Surya Life Insurance Company Limited ले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक तर्फको ३९ हजार  १ सय कित्ता सेयर बोलकबोल मार्फत चैत ४ गते आजदेखि गतेदेखि विक्री सुरु गरेको हो  

कम्पनीको सेयर खरिद गर्न योग्य व्यक्तिले प्रतिकित्ता २ सय ७५ रुपैया नघट्ने गरी चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकहरुले न्युनतम १ सय र अधिकतम सम्पूर्ण कित्तााको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यस अघि फागुन ५ गते ५५ हजार कित्ता र फागुन १९ गते  ४१ हजार ४ सय कित्ता सेयर लिलामी विक्री गरेको थियो । 

कम्पनीको बोलकबोल मार्फत संस्थापक सेयर खरिद गर्नेहरुले पनि कम्पनीले घोषणा गर्ने लाभांश पाउन सक्नेछन् । सुचिकरण भइनसकेको वोनस सेयरको हकमा सूचीकरण भई कम्पनीको डिम्याट खातामा प्राप्त भएपछि नामसारी गर्न सकिने सुचनामा उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved