एनएलजी इन्स्योरेन्सले साउन २२ गते देखि शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 08:21:00 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्स कम्पनी NLG Insurance Company Limited ले साउन २२ गते देखि डेढ लाख बढी कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित  १ लाख ६१ हजार ७८ कित्ता शेयर गर्न लागेको हो  ।

लिलाम गरिन् लागेको शेयर मध्ये ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता संस्थापक शेयर रहेको छ भने बाँकि ७९ हजार ८ सय ५३ दशमलव २५ कित्ता शेयर सर्वसाधारण समुहतर्फको रहेको छ  ।लिलाममा लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन सक्ने छन्  । शेयर लिलाम प्रक्रियाको लागि ल्क्ष्मि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म ६० प्रतिशतको दरले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो  । कम्पनीले हकप्रदमा रितपुर्वक आवेदन दिनेहरुलाई ३६ लाख ८१ हजार ३ सय ५९ दशमलव ५० कित्ता शेयर बाँडफांड गरेको आवेदन नपरी बाँकि रहेको १ लाख ६१ हजार ७८ कित्ता शेयर भने कम्पनीले लिलाम गर्ने लागेको हो । 

हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved