सकियो प्रुडेन्शियल इन्स्योरेन्सको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 11:05:00 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रुडेन्शियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीको शेयरको बोलपत्र खोल्ने काम सकिएको छ। इन्स्योरेन्सले सर्वसाधारणको लागि लिलाममा राखेको शेयरको प्रारम्भिक कटअप मुल्य प्रति ४१७ रुपैयाँ भएको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

यद्दपी कट अप मुल्य केहि फरक पर्न सक्ने क्यापिटलले जनाएको छ। इन्स्योरेन्सको लिलामको सेयरमा साउन १२ देखि १९ गतेसम्म आबेदन खुला गरिएको थियो। 

कम्पनीले सेयरधनीहरुलाई छुट्याएको ६० प्रतिशत हकप्रदमा आबेदन नपरेको ५४ हजार ६३१ कित्ता सेयर लिलाममा राखेको थियो। जसमा ९३२ जना आबेदकबाट ८ लाख ८१ हजार २० कित्ताको लागि निबेदन परेको छ। आबेदन दिने मध्येले न्युनतम १०० रुपैयाँ र बढीमा ५३३ रुपैयाँ कबोल गरेको क्यापिटलले जनाएको छ।

यसअघि प्रारम्भिक कट अफ मुल्य ४१७ रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ: सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved