नागरिक लगानी कोषको १ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 09:07:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष Citizen Investment Trust  को १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले कोषको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।

लिलामीको शेयरमा आज चैत्र ११ देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने छ। यद्यपि यस लिलाममा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य व्यक्ति वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १३ सय ५० कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ । 

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved