आफ्नो स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको शेयर लिलाम गर्दै ग्लोबल आईएमई बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 08:16:32 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक Global IME Bank Limited  ले आफ्नो स्वमित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको ८१ हजार ५ सय कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले यी शेयर आज चैत्र २३ देखि वैशाख २६ गतेसम्म लिलाम गर्न लागेको हो । 

यस लिलामीको शेयरमा विध्यमान संस्थापक वा अन्य कोहि व्यक्ति , कम्पनी, संघ संस्थाले आवेदन दिन सक्ने छन् । बैंकले ति शेयरको मूल्य प्रति कित्ता ३०० कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

शेयर लिलामको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलले क्यापिटलबाट बोलपत्र फारम पाउन सक्ने छन् । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  राष्ट्र बैंकले तोकेको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved