नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2021 | 08:47:59 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited ले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर लिलाम गर्ने भएको छ । 

कम्पनीले इन्स्योरेन्सको ५५ हजार ८ सय ६६  कित्ता र कोषको ५० हजार कित्ता शेयार लिलाम गर्न लागेको हो ।  कम्पनीले यी शेयर आज चैत्र २३ देखि ३१ गतेसम्म लिलाम गर्न लागेको हो ।  

कम्पनीले इन्स्योरेन्सको शेयरको न्युनतम मुल्य प्रति कित्ता ४६६ र कोषको शेयरको न्युनतम मूल्य प्रति कित्ता १५२९ रुपैयाँ कायम गरेको छ । आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि दिन सकिने छ  । 

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

यस लिलामीको शेयरमा जो कोहि योग्य लगानीकर्ताले आवेदन दिन सक्ने छ । शेयर लिलाम प्रक्रियाको लागि एनआइसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved