ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको सेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 11:38:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक र प्रभु इन्योरेंसको संस्थापक सेयर लिलाममा आएको छ। यहि भदौ २९ देखि लिलाम बढाबढको लागि आबेदन खुला हुने र कात्तिक ३ गते आबेदनको मिति सकिने बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ। 

  ज्योति विकास बैंकको २९ हजार २५० कित्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्रिको लागि खुला गरिएको हो।लिलाम बढाबढमा कानुनि रुपमा योग्य व्यक्ति, सँस्था तथा कम्पनीहरुले भाग लिन पाउनेछन। 

लिलाममा सहभागी हुनलाई दुवै सँस्थाको लागि न्युनतम एक हजार कित्ताको लागि बोलकबोल गर्नुपर्नेछ भने ज्योति विकास बैंकको लागि न्युनतम प्रतिकित्ता १४५ रुपैयाँ र प्रभु इन्स्योरेन्सको लागि प्रति कित्ता ३५० रुपैयाँ कायम गरिएको छ। 

लिलाम बढाबढको लागि प्राप्त बोलपत्र कात्तिक ५ गते बिहान ११ बजे क्यापिटलकै कार्यलयमा खोलिने क्यापिटलले जनाएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved