प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा, जो कोहिले आबेदन दिन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2021 | 08:17:57 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संस्थापक शेयर आज मंगलवारदेखि लिलामीमा विक्री खुला भएको छ। इच्छुक लगानीकर्ताले  आफुले लिन चाहेको मुल्य र कित्ता खुलाएर यहि कात्तिक १२ गतेसम्म आबेदन दिनुपर्नेछ। 

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ४०० तोकेकाले इच्छुक लगानीकर्ताले कम्तिमा पनि प्रतिकित्ता ४०० रुपैयाँ बोलकबोल गर्नुपर्ने हुन्छ।  कम्पनीले ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो। 

लिलाम बढाबढमा राखिएको प्रिमियर इन्स्योरेन्सको सेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले कात्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ। कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ४ सय कायम गरेकोले सो भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम ४ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । 

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । साथै, आवेदन दिनको लागि नियामक निकायबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्टको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved