स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2021 | 06:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्था Swabalamban Laghubitta Bittiya Sanstha  को संस्थापक समूह अन्तर्गतको ११ हजार ७ सय ५३ कित्ता शेयर लिलाममा आएको छ। संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ६ सय ७५ रुपैयाँ तोकिएको छ ।

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १,००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई २०७८÷०५÷१० गते सूचना प्रकाशन गरी ३५ दिनको समय दिई सकिएको विकिर प्रबन्धक एनआईबिएल एस क्यापिटलले उल्लेख गरेको छ । सोहि कारण संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले २०७८ कार्तिक २५ गते देखि  मंसिर ०१ गते सम्ममा क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता आपूmले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved