२ वाणिज्य बैंक सहित ३ कम्पनीको डेढ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2021 | 09:45:49 AM मा प्रकाशित

laxmi  sunrise bank

दुई वटा वाणिज्य बैंक सहित ३ कम्पनीको डेढ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलाममा आएको छ । प्रुडेन्शियल क्यापिटल म्यानेजमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको गरि कुल १ लाख ५१ हजार ६ सय ७५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो । 

कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता, प्राइम कर्मशियल बैंकको ६६ हजार ६ सय ७५ कित्ता र नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो ।कम्पनीले प्रभु बैंकको शेयरको न्युनतम मूल्य प्रति कित्ता २०५, प्राइम कमर्शियल बैंकको शेयरको न्युनतम मूल्य प्रति कित्ता २२५, र नेपाल ग्रामिण विकास लघुवित्तको शेयरको न्युनतम मूल्य प्रति कित्ता मूल्य ३५० रुपैयाँ कायम गरेको छ

लिलामीको यी शेयरमा आज मङ्सिर ३ गतेदेखि मङ्सिर १० गतेसम्म आवेदन दिने सकिने छ ।आवेदन दिंदा न्युनतम २ हजार कित्ता र अधिकतम सबै शेयरको लागि आवेदन दिन सकिने छ । लिलामीको यस शेयरमा हाल कायाम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संघ, संस्थाले आवेदन दिन सक्ने छन् । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । 

शेयर खरीद गर्न ईच्छुक बोलपत्रदाताले सम्बन्धित नियमनकारी निकायको संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको पत्र, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ । साथै, विद्यमान संस्थापकहरुको हकमा आफ्नो आय श्रोतको विवरण वा स्व:घोषणा समेत पेश गर्नुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved