प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 09:33:02 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संस्थापक समुहको ५ लाख कित्ता बढी शेयर आज पुस २६ गतेदेखि लिलाममा आएको छ । कम्पनीको ५ लाख ३८ हजार ९ सय ६५ कित्ता शेयर लिलाम हुन लागेको हो ।

यी शेयरमा आज पुस २६ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।  इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको मुल्य र कित्ता खुलाएर आबेदन दिनुपर्नेछ। 

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९५ तोकेकाले इच्छुक लगानीकर्ताले कम्तिमा पनि प्रतिकित्ता ३९५ रुपैयाँ बोलकबोल गर्नुपर्ने हुन्छ।  आवेदन दिंदा न्युनतम ५ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

लिलाम बढाबढमा राखिएको प्रिमियर इन्स्योरेन्सको सेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्था वा जो कोहि योग्य व्यक्तिले बोलपत्र पेश गर्न सक्नेछन् ।  

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ। 

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । साथै, आवेदन दिनको लागि नियामक निकायबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्टको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved