
एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी) मा रहेको संस्थापकतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले सीआईटीको ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।
उक्त शेयरमा जोकोही व्यक्ति तथा संस्थागत लगानीकर्ताले साउन ७ गतेबाट खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० हजार कित्ता वा अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ।शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ।
बोलपत्र आगामी साउन १४ गतेसम्म पेस गर्नु पर्नेछ। लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन् ।