हकप्रदमा नबिकेको हिमालय ऊर्जा र आँखुखोलाको शेयर लिलाम बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 09:23:41 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय ऊर्जा विकास कम्पनी र आँखुखोला जलविद्युतको  हकप्रद निष्कासनका क्रममा बिक्री नभएको शेयर लिलामी बिक्री हुने भएको छ ।

सोमबार प्रकाशित सूचना अनुसार हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद शेयर साधारण शेयर सरह लिलाम बिक्री हुने छ । 

बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार आगामी असोज ७ गतेदेखि १४ गतेसम्म  कम्पनीको लिलामी शेयरमा आवेदन दिन सकिने छ । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । न्यूनतम १०० रुपैयाँ र बढीमा सबै शेयरका लागि आवेदन दिन सकिनेछ । आइतबार दोस्रो बजार बन्द हुँदा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ छ ।

यसैगरी, आँखुखोला जलविद्युतले निष्कासन गरेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर पष्नि  लिलामी बिक्री हुने भएको छ । कम्पनीले १ बराबर १.५ को अनुपातमा १ करोड २० लाख कित्ता शेयर हकप्रद निष्कासन गरेकोमा उक्त परिमाणको शेयर बिक्री हुन सकेको थिएन ।  यद्यपि यसको लिलामी बिक्री खुल्ने समय पनि निश्चित भइसकेको छैन ।

बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार हकप्रदमा कायम हकभन्दा बढी माग गरेका आवेदकलाई आगामी असोज ४ देखि रकम फिर्ता गरिने छ । आइतबार दोस्रो बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २१५.९० रुपैयाँ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved