कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited मा ओम्नी मोटर्सबाट सिफारिस भई अएका ग्राहकहरूले सवारी साधन कर्जा पाउने भएका छन् । बैंक र मोटर्स बीच व्यापार सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र मोटर्सको तर्फबाट निर्देशक उदय काब्राले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार बैंकले ओम्नी मोटर्सबाट सिफारिस भई आएका ग्राहकलाई भारतबेन्ज ब्राण्डका विभिन्न सवारी साधनहरु खरिद गर्न कर्जा दिने छ।
बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।