गाडी कर्जाको सहजीकरणमा कोरोना भाइरस बाधक, नयाँ गभर्नरको पर्खाइमा व्यवसायी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2020 | 06:17:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले गाडीलाई नछोई चालू आर्थिक बर्षको मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको प्रति गाडी व्यवसायीलाई असन्तुष्टि जनाएका छन्। राष्ट्र बैंकका गभर्नर डा। चिरिन्जीवी नेपाल, अर्थमन्त्री डा युबराज खतिवडालाई भेटेर गाडी  कर्जामा सहजीकरणको लागि आग्रह गरेपनि त्यसको कुनै सम्बोधन नगरिएको गाडी व्यवसायीहरुले जनाएका छन्। 

यहि चैत ५ गतेबाट कार्यकाल सकिएर बिदामा बस्ने तयारीमा रहेका गभर्नर नेपालले जोखिम लिन नखोजेकाले मौद्रिक नीतिको समिक्षामा गाडीलाई नछोईएको व्यवसायीहरुको भनाई छ। 

कोरोना भाइरसले देशको अर्थतन्त्रमा जटिलता ल्याउन सक्ने आंकलनले राष्ट्र बैंकले गाडी कर्जालाई नछोई मौद्रिक नीतिको समिक्षा ल्याएको हुन् सक्ने गाडी बिक्रेताहरुको साझा संगठन अटोमोवाइल्स् एशोशियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले बिजपाटीलाई बताए। अहिले गाडी कर्जालाई  सहजीकरण गर्दा समस्याग्रस्त अर्थतन्त्रमा थप समस्या हुन् सक्ने देखेर गाडी कर्जाबारे केहि नबोलिएको हुन् सक्ने दुलालको बुझाई छ। यद्दपी अहिलेका गभर्नरले जोखिम लिन नचाहेपनि नयाँ गभर्नरले गाडी कर्जाको बिषयलाई सम्बोधन गर्ने दुलालको दाबी छ। 

मौद्रिक नीतिमा पनि २ करोडसम्मको ऋण लिनलाई कर चुक्ता प्रमाणपत्र अनिवार्य नगरिएकाले त्यसले ऋण लिएर गाडी किन्नलाई सहजीकरण गर्ने दुलालको भनाई छ। 

मौद्रिक नीतिको समिक्षा मार्फत पहिलो घर कर्जामा आम्दानीको ६० प्रतिशतलाई आधार मानेर कर्जा लिन पाइने भन्ने उल्लेख छ। यसरि नै नयाँ गभर्नरले गाडी कर्जामा पनि आम्दानीको ६० प्रतिशतलाई आधार मानेर कर्जा लिन पाइने व्यवस्था गर्ने दुलालको दाबी छ। 

अहिले आम्दानीको ५० प्रतिशतलाई किस्ता तिर्नलाई गणना गर्न सकिन्छ अर्थात ५० हजार किस्ता तिर्नलाई मासिक १ लाख आम्दानी हुनुपर्छ भने   गाडीको मूल्यांकनको ५० प्रतिशत डाउनपेमेन्ट ग्राहक आफैंले हाल्नु पर्ने ब्यवस्था छ।

गाडी व्यवसायीहरुले आम्दानीको ७० प्रतिशतलाई किस्ता तिर्नलाई गणना गर्न पाउनुपर्ने र डाउनपेमेन्ट ५० बाट ३० प्रतिशतमा झार्नुपर्ने माग गर्दै आएका छन। आफ्नो मागमा गभर्नर नेपाल र अर्थमन्त्री खतिवडा तथा हाल अर्थका सचिव शिशिरकुमार ढुंगानाले मौद्रिक नीतिको समिक्षा मार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएपनि व्यवहारमा नदेखिएकोमा गाडी व्यवसायीहरुले तिब्र असन्तुष्टि जनाएको नाडाका अध्यक्ष दुलालको भनाई छ। 

सरकारले पुस मसान्तसम्मको राजश्व भेट्न नसकेको र कोरोना भाइरसले रेमिट्यान्समा नकारात्मक प्रभाव पार्ने सक्ने जस्ता बिषयले नेपालको शोधनान्तर बचत ऋणात्मक हुन सक्ने आंकलन गरिएकाले तत्काललाई गाडी कर्जामा कुनै सहजीकरण नगरिएको राष्ट्र बैंक संचालक समितिका एक सदस्यले बताएका छन। 

अर्थमन्त्रालय र राष्ट्र बैंक गाडी कर्जामा थप सहजीकरण गर्नलाई सहमत भएपनि पछिल्लो अवस्था अर्थात कोरोना भाइरसको प्रभावका कारण मौद्रिक नीतिको समिक्षामा गाडी कर्जा नचलाइएको टी संचालक समितिका सदस्यको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved