सुजुकीको दशैं अफरः नगद छुट देखि एक्सचेन्ज बोनससम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 03:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सुजुकी पर्वोत्सव ग्राहक योजना सुरु भएको छ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ११ असोज देखि सुरु हुनेगरी दशैं तिहार ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । 

योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बाराबरको नगद छुट र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ । त्यस्तै, न्युन्तम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निशुल्क पाउन सकिने छ । 

यसका साथै कुनैपनीव् यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ विक्रि कारोबार भएमा नगद पुरस्कार समेत पाउने जनाइएको छ ।

योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछ ।

 सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्,वागेन आर्,इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्,ब्रेज्जा,एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्,इको,इको कार्गो र सुपर क्यारी लगायत गाडीका मोडेल विक्रि बितरण गर्दै आएको छ ।

। कम्पनीले यो योजना सिमित अवधिका लागि ल्याएको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved