नयाँ मोडलको विद्युतीय स्कुटर नेपाल भित्रियो, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 10:19:19 AM मा प्रकाशित

laxmi  sunrise bank

इण्डियन विद्युतीय गाडी कम्पनी पियोर ईभीको नयाँ मोडलको स्कुटर नेपालमा भित्रिएको छ। कम्पनीले नयाँ मोडलको ई प्लुटो७जी स्कुटर नेपाली बजारमा ल्याएको हो । 

अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको सो स्कुटरमा २.५ किलोवाट क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ । यो स्कुटरमा एक पटक चार्ज गर्दा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । यस स्कुटरको ब्याट्रीमा ४० हजार किलोमिटरसम्म वारेन्टि रहेको छ । 

नेपालमा उक्त स्कुटर ह्वाईट लोटस मोटरले भित्र्याएको हो।

कम्पनीले यस स्कुटरको बजार मूल्या २ लाख ४९ हजार रुपैयाँ कायम गरेको छ । तर, एक महिनासम्म अर्थात मंसिर २६ गतेसम्म यस स्कुटर किन्दा २५ हजार रुपैयाँ छुट पाईने कम्पनीले जनाएको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved