कियाको सब-कम्प्याक्ट एसयुभी सोनेट बिक्री सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 05:50:49 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियाली अटो निर्माता कियाको बहुप्रतीक्षित सब–कम्प्याक्ट एसयुभी ‘सोनेट’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि कियाको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो एसयुभी नेपाल भित्र्याएको हो । 

कम्पनीले केहीअघि सोनेटको प्रि–बुकिङ खुला गरेकोमा सब–कम्प्याक्ट एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको जनाएको छ । सोनेट कियाको भारतस्थित प्लान्टमा निर्मित दोस्रो एसयुभी हो । यसअघि कन्टिनेन्टलले कियाको भारतीय प्लान्टमै निर्मित सेल्टोस नेपाली बजारमा ल्याएको थियो । 

गत सेप्टेम्बर १८ मा भारतीय बजारमा डेब्यू गरेको सोनेट १२ दिनमै ९ हजार २६६ युनिट बिक्री भएको थियो, जुन यस सेग्मेन्टका स्थापित सवारी साधनहरुको भन्दा बढी बिक्री हो । 

कम्पनीले यसपटक सोनेटका तीनवटा अप्सन– एचटिई, एचटिकेप्लस एटी र एचटिएक्स नेपाली बजारमा पेस गरेको छ । त्यसैगरी, कम्पनीले ५७ लाख ९० हजार मूल्यको फुल अस्पन जिटिएक्सप्लस पनि नेपाली बजारमा प्रस्तुत गरेको छ ।

उचाइ ५ फिट ४ इन्च रहेको सोनेटको समग्र लम्बाइ १३ फिट १ इन्च छ । त्यसैगरी, चौडाइ ५ फिट ८ इन्च र ह्विलबेस ८ फिट २ इन्च रहेको कम्पनीले जनाएको छ । यसको ग्राउन्ड क्लियरेन्स ७ इन्च र बुट स्पेस ३९२ लिटरको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved