रोयल ईन्फील्ड ब्रान्डको नयाँ दुई रङ्गका मोटरसाईकल सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 10:56:05 AM मा प्रकाशित

laxmi  sunrise bank

रोयल ईन्फील्ड ब्रान्डले नयाँ दुई रङ्गका मोटरसाईकल सार्वजनिक गरेको छ । कम्पनीले क्लासीक ३५० सीसीको सिङ्गल भेरियन्ट अन्तर्गतका दुई नयाँ रङ्गका मोटरसाईकल सार्वजनिक गरेको हो । 

कम्पनीले उक्त मोटरसाईकल एरबोर्न ब्लु र स्टोरर्मीडर सन्ट रङ्गमा सार्वजनिक गरेको जनाएको छ । रेट्रोलूक्स र म्याट फिनिस भएको सो मोटरसाईकलमा थप सुरक्षाको लागी डुएल च्यानल एबीएस पनि  रखिएको छ । 

नेपालका  लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्सले १९ वटै साखा तथा डिलरहरुमा सो मोटरसाईकल बिक्री शुरु गरेको छ । कम्पनीले उक्त मोटरसाईकलको मूल्य ५ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ । 

आइतबार देखि सो मोटरसाईकलको बुकिङ्ग तथा विक्री वितरण सुरु हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved