नेपालमा बिएमडब्ल्यूको बिक्री शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 01:53:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा बिएमडब्ल्यू ब्राण्डको शोरुम खुलेको छ । यस ब्राण्डको यो नेपालका लागि पहिलो शोरुम हो । नेपालको लागि बिएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा शोरुम सहित आधिकारिक बिक्री शुरु गरेको हो ।

जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेको जनाएको छ । 

शोरुमको सुरुवात गर्दै बिएमडब्ल्यू ग्रुप एसियाका प्रबन्ध निर्देशक क्रिस्टोफर वेनरले भने  ‘लक्ष्मी प्रिमियम मोर्टससँगको सहकार्यबाट बिएमडब्ल्यू उत्साहित भएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउदो बजार हो भने, लक्ष्मी प्रिमियम मोटर्ससँगको सहकार्यले नेपालमा बिएमडब्ल्यू ब्राण्डको उपस्थिति बलियो हुने छ । र, बिएमडब्ल्यूका ग्राहकहरुले ‘डाइनामिक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउनेछन् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved