फोर्ड इकोस्पोर्टको नयाँ संस्करण पूरानै मूल्यमा वुकिङ्ग खुल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 05:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

जी.ओ. अटोमोबाईल्स प्रा.लि. (जी.ओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण वुकिङ्ग खुल्ला गरेको छ । सन् २०१३ मा विक्री शुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सीरीज इन्जिन जडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्टमा आएको थियो ।

यसले लगातार नयाँ सुविधाहरु र प्रविधिहरुको साथ आफ्नो सेगमेन्ट नै पुन ः परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा मोडल २०२० सम्पूर्ण रुपमा विक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ को लागि २०२० को मूल्यमा नै बुकिङ्ग खुल्ला गरिएको कम्पनीले जनाएको छ । 

सन् २०२१ संस्करण ईकोस्पोर्ट Bharat stage VI (BS-VI) मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा वुकिङ्ग खुल्ला गरिएको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५लि. Ti-Vct पेट्रोल ईन्जिन समावेश छ । जसले 122 PS power र 149 NM Torque प्रदान गर्दछ । पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड ब्गतयmबतष्अ त्चबलकmष्ककष्यल मा उपलब्ध छ ।

ईकोस्पोर्ट डिजेलमा BSVI मा आधारित १.५ लि. डिजल ईन्जिन रहेको छ जसले १०० पिएस पावर २१५ एनएम टोर्क के प्रदान गर्दछ र यो म्यानुअल ट्रान्समिशनमा उपलब्ध छ । यो Sun roof जडित भेरियन्टमा पनि उपलब्ध छ ।

६ वटा एयरव्यागहरु, टचस्क्रिन, इन्फोटेनमेन्ट र अरु बढी सुविधासहित फोर्ड इकोस्पोर्टले सुरक्षा र कनेक्टिभिटीको नेतृत्व गर्दै आएको कम्पनीले जनाएको छ । ३ वर्ष वा १ लाख कि.मी. वारेन्टी र आफ्नो सेगमेन्टमा सबैभन्दा कम स्वामित्व मूल्य सहित इकोस्पोर्टले आफ्नो. उचित मूल्यको अवधारणालाई मजबूत गरेको कम्पनको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved