नेपालमा भित्रियो ४८ देखि ५९ लाखसम्मका नयाँ ४ बाईक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 10:56:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भेलोसिटीले रमा एम भि अगष्टाको नयाँ चार मोडलका मोटरसाईकल नेपालमा भित्र्याएको छ । कम्पनीले नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्राएको हो । 

कम्पनीले ब्रुटल८००आरआर, ड्रागस्टेर ८०० आरआर पीरल्ली, टुरिज्मो भेलभ ८०० र ड्रागस्टेर ८०० आरआर अमेरिका मोडलहरु नेपालमा भित्र्याएको हो । 

कम्पनीले ब्रुटल८००आरआरको बजार मूल्य ४८ लाख ९० हजार रुपैयाँ, ड्रागस्टेर ८०० आरआर पीरल्लीको ५९ लाख ९० हजार, टुरिज्मो भेलभ ८०० को ५७ लाख ९० हजार र ड्रागस्टेर ८०० आरआरको ५७ लाख ९० हजार रुपैयाँ तोकेको छ । 

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एम भि अगष्टा हाल इटालियन मोटरसाइकल उत्पादन गर्ने एक कम्पनीको रुपमा स्थापित भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved