नाडाको अन्तरक्रियामा सौरभ ज्योतीले भने, ‘सवारी साधनको आयात नियन्त्रण गर्न खोजियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 12:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनुपर्ने र त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनुपर्छ भनेका छन् । 

नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य अध्यक्ष दुलालको भनाई छ । उनले हालको विधानमा सबै प्रदेशलाई समावेश गरी थप सशक्त बनाउने प्रयास गरिएको बताए ।

नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको महसुस भईरहेको बताएका छन् । बढ्दो प्रदुषणको नियन्त्रणमा आफूहरुले ध्यान दिईरहेको ज्योतीको भनाई छ । 

‘नेपालमा अटोमोवाइल जर्नालिजम अघि बढ्न नसकेको सन्दर्भमा हामीले त्यसलाई अघि बढाउन सक्दो प्रयास गर्नुपर्छ’ ज्योती भन्छन्, ‘नाडाको तर्फबाट विज्ञ व्यक्तिहरुको सहयोगबाट हामीले काम गर्नुपर्नेछ ।’

महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु राख्दै देखिएका समस्या समाधान गर्न सरकारसँग पहल भईरहेको बताएका छन् । 

नाडाले २०७७ साल पौष १७ गते पोखरामा नै नाडाको केन्द्रीय कार्य समितिको ७ औं बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले २०७७ फागुन २१ गते नाडाको ४४ औं वार्षिक साधारण सभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । नाडाले महासचिव सुनिल रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेत सदस्य रहनेगरी चार सदस्यीय वार्षिक साधारण सभा तयारी समिति गठन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved