मदन कृष्ण श्रेष्ठ दिगोको ब्रान्ड अम्बासडर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 06:03:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । यस संगै श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहने छन्। 

ब्रान्ड अम्बासडर घोषणा भएपछि श्रेष्ठले दिगोसँग साझेदारी गर्न पाउँदा प्रशन्न भएको बताएका छन् । उनले भने 'यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ । हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ । चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा प्रशन्न छु।’

श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ हेमन्त पुरानिकले मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित बताए बताए । उनले भने 'उहाँ दृढ विश्वासी क्षमतावान तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ । उहाँलाई पर्दामा हेर्नु जादु जस्तै लाग्छ । उहाँ भरोसायोग्य, विश्वासिलो, अग्रणी, सरल र आत्मविश्वासले भरिएको व्यक्तित्व हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो । हामी नेपालका सबै सहरहरुमा आफ्नो पदचाप विस्तार गर्ने तयारीमा रहेको सन्दर्भमा सबै नेपालीलाई अपिल गर्न सक्ने मदनजीको विशिष्ट दक्षताले उहाँलाई हाम्रो ब्रान्ड प्रस्तुत गर्ने आदर्श व्यक्ति बनाएको छ । हामी दुवै पृथक काम गर्नु चुनौतीपूर्ण भए पनि त्यो सम्भव छ भन्ने कुरामा विश्वास गर्छौं । दिगो परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’ 

दिगो नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने भिजन बोकेको नयाँ ऊर्जा कम्पनी हो । ‘उत्सर्जनशून्य’ भविष्यको लक्ष्य हासिल गर्न दिगोले विद्युतीय मोबिलिटीको पूर्ण इकोसिस्टम विकास गर्नुका साथै सिएटिएल, स्टार चार्ज, डिएफएसके, सिएचटिसी, जोयलङ जस्ता यस क्षेत्रका नेतृत्वदायी कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved