नेपालमा बजाज डोमिनार २५० सार्वजनिक, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 02:29:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा बजाज डोमिनार २५० सार्वजनिक भएको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बजाज डोमिनार २५० सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा उपलब्ध रहेको यस बाइकमा पहिलेको पावरफुल र लोकप्रिय स्पोर्टस मोटरसाइकल, बजाज डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएका छन् । नेपालमा यसको मूल्य ४ लाख ८९ हजार ९०० रहेको छ । 

कम्पनीका अनुसार डोमिनार २५० मा १३२ किमि प्रति घण्टासम्मको स्पीड छ भने यो १०.५ सेकेण्डमा ०–१०० किमि प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved