मंसिरसम्म कति भित्रिए कार र मोटरसाइकल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 10:28:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सवारी साधनको आयातमा कमी आउँदा राजश्व लक्ष्यमा धक्का पुगेको छ । चालू आर्थिक वर्षको मंसिरसम्म गाडीको आयातमा कमी आएका कारण त्यसको प्रत्यक्ष असर भन्सार राजश्वमा देखिएको हो । 

भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार वीरगञ्ज भन्सारबाट आशा गरिएजति सवारी साधन प्रवेश भएनन् । जसका कारण वीरगञ्ज भन्सारले समेत अपेक्षाकृत राजश्व संकलन गर्न नसकेको अधिकारीको भनाई छ । 

चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा वीरगञ्ज भन्सार नाका भएर ३ अर्ब २९ करोड मूल्य बराबरका ३७ हजार ६७१ थान मोटरसाइकल र २ अर्ब ८२ करोड मूल्य बराबरका २ हजार ५७४ थान जीप, कार र भ्यान आयात भएका छन् । गत वर्षको यो अवधिमा ४ अर्ब १२ करोड बराबरका ४ हजार २५१ थान सवारी साधन आयात भएका थिए ।

यस वर्षको मंसिरसम्म ७२ करोड ६२ लाख मूल्य बराबरका ५०६ थान डबल क्याब पिकअप गाडी, ३५ करोड ७८ लाख बराबरका सिङ्गल क्याब पिकअप गाडी, १ अर्ब १२ करोड मूल्य बराबरका ४८० थान ट्रक, मिनि ट्रक र ५३ करोड ९९ लाख बराबरका २९७ थान बस, ट्रक, कार, चेसिस आयात भएका छन् । 

गत वर्षको यो अवधिमा ३ अर्ब ६९ करोड पर्ने ४३ हजार ५७२ थान मोटरसाइकल, ३५ करोड ७८ लाख पर्ने ५६२ थान सिङ्गल क्याव पिकअप गाडी, २ अर्ब २९ करोड पर्ने ८६७ थान ट्रक, मिनी ट्रक, १ अर्ब १३ करोडका ६७८ थान बस, ट्रकका चेसिस र ५३ करोड ३४ लाख पर्ने ७६५ थान अन्य सवारी सधान नेपाल भित्रिएको थियो ।

वीरगञ्ज भन्सार हुँदै भारतबाट ८० प्रतिशत र तेस्रो मुलुकबाट बाँकी २० प्रतिशत गाडी भित्रिने गरेका छन् । अहिले पनि ३ सयको हाराहारीमा गाडीहरु भन्सार वार्डमा थन्किएका छन् । 

भन्सार विभागले चालू आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयलाई १ खर्ब ७१ अर्ब राजश्व संकलन गर्ने लक्ष्य तोकिदिएको थियो । यो मध्ये मंसिरसम्म ६५ अर्ब २५ करोड ५५ लाख राजश्व उठाउने लक्ष्य पाएको वीरगञ्ज भन्सार कार्यालयले ११ प्रतिशत कम अर्थात् ५८ अर्ब १५ करोड ८९ लाख रूपैयाँ राजश्व उठाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved