महिन्द्रा उत्सव योजनाको बम्पर लक्की ड्रका विजेताको नाम घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 03:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले चाडपर्वका अवसरमा ल्याएको ‘महिन्द्रा उत्सव’ योजनाका बम्पर लक्की ड्रका विजेताको नाम घोषणा भएको छ । महिन्द्राले योजना अन्तर्गत जीवन बिमा (रु ५ लाखको दुर्घटना बिमा र १ लाख रुपैयाँको स्वास्थ्य बिमा) सहित रोटाभेटरमा ५० प्रतिशत छुट वा तीन वर्षको निःशुल्क सर्भिसिङसहितका पक्का उपहार राखेको थियो । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानतथा अग्नि इंकका ब्रान्ड एम्बेसेडर पारस खड्काले ‘लक्की ड्र’ मार्फत ३ बम्पर पुरस्कार विजेताहरूको घोषणा गरेका हुन् । विजेताहरूमा योग राज राई (शहिदभूमि, धनकुटा), निरन्जना चौधरी (नेपालगंज) र राम बहादुर कामी (नेपालगंज) रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved