चितवनदेखि मुक्तिनाथसम्म पहिलो पटक कार र्याली आयोजना हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 05:50:18 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनबाट पहिलो पटक मुक्तिनाथसम्म मोटर र्याली आयोजना हुने भएको छ । आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश दिन नेपाल अटोमोबाइल्स एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली गरिने भएको हो ।

आगामी चैत १५ देखि १७ गते सम्म चितवन मुक्तिनाथ मोटर र्याली हुने कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पियाले जानकारी दिए । र्यालीका सहभागिहरुको निगरानीलाई विभिन्न ७ स्थानमा चेकप्वाईन्ट राखिने आयोजकले जनाएको छ । तोकिएका चेकप्वाइन्टमा र्यालीमा सहभागिले अतिरिक्त क्रियाकलामा सहभागि हुँदै अंक बटुल्नेछन्। तोकिए अनुसारको सहभागिहरुले सवारी साधान चलाउनु पर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नु पर्नेछ। 

चितवनको भरतपुररबाट सुरु हुने र्याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुदै मुक्तिनाथमा पुग्नेछ । 

साथै कालीगण्डकी किनारमा मोटर स्पोर्टस् प्रतिस्पर्धाका विभिन्न खेल पनि खेलाईने छ । र्यालीमा ३० वटा सवारी साधनमा १ सय जना सहभागी हुने आयोजकको दावी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved