यामाहाको वितरक एमएडव्लू इन्टरप्राइजेजद्वारा सल्लाघारीमा हरियाली अभियान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 06:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता एमएडव्लू इन्टरप्राइजेजको यामाहा द व्हिल्सको अगुवाइमा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियानको काम सुरु गरिएको छ । एमएडव्लू इन्टरप्राइजेजकोको सामाजिक कार्यका लागि गठित एमएडव्लू फाउण्डेशनको वान डिलर वान इनिसियसन (एक डिलर एक सामाजिक काम) अन्तर्गत यो काम सुरु भएको हो । 

यामाहाको भक्तपुरको लागि आधिकारिक विक्रेता यामाहा द व्हिल्सको एक डिलर एक इनिसियसन योजना अन्तर्गत सुरु भएको अभियानमा स्थानीयबासी, युवा, व्यवसायी, व्यापारीहरुले पनि साथ दिएका छन् । यसका लागि भक्तपुर र सूर्यविनायक नगरपालिका तथा सडक विभाग कटुञ्जे भक्तपुरले पनि सहयोग गरेको थियो । हरिायाली कायम गर्न बृक्षारोपण तथा दुवो रोपिएको थियो । 

यामाहाको भक्तपुरका लागि आधिकारिक वितरक यामाहा शोरुम सल्लाघारी भक्तपुरका प्रबन्ध निर्देशक सुरेश कवांंले आफनो ठाउँं आफैं बनाऔं भन्ने हिसावले सवैको सहयोगबाट सल्लाघारी चोकदेखि आकाशे पुलसम्मको दुई सय मिटरको राजमार्गको उतरतिरको राजमार्ग छेउमा हरियाली प्रवद्र्धन गर्न बृक्षारोपण र दुवो रोपिएको बताए । योजना अन्तर्गत पहिलो पटक हेज जातको ७० वटा र गोल्डेन धुपी जातका २० वटा विरुवा रोपिएको छ । दुई हजार वर्ग फिटमा दुवो रोपिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved