अछाममा बजाजको नयाँ शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 10:24:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अछाममासुविधा सम्पन्न नयाँ शोरुम “शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स ” को शुभारम्भ गरेको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने अटो मोबाइल ब्राण्ड बजाजले बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा पनि शोरुम संचालनमा ल्याएको जनाएको छ ।

अछाममा शुभेच्छा ट्रेडर्स एंड सप्लायर्सका प्रोपराइटर भरत खड्कालाई डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा पनि लिईएको छ । 

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले भने, “हामी अछाममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अछाममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved