नेपालमा फोर्डको नयाँ गाडी सार्वजनिक, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2021 | 05:30:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा फोर्डको नयाँ गाडी सार्वजनिक भएको छ । नेपालको  लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जि.ओ. अटोमोवाईल्सले फोर्डको ईकोस्पोर्ट एसई पेट्रोल नेपाली बजारमा ल्याएको हो । गाडीको मूल्य ४७ लाख ५० हजार रहेको छ ।

गाडी खरीद गर्दा पछाडि राखिएको जगेडा चक्का सहित वा बाहेक दुबै विकल्पमा छनोट गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ईकोस्पोर्ट एसई संस्करणमा सजिलै प्रयोग गर्न सकिने पंचर किट राखिएको छ जसले ग्राहकलाई केही मिनेटमै गाडी पंचर मर्मत गर्न सहयोग पु¥याउनेछ, त्यो पनि चक्का बदलि राख्नुपर्ने झन्झट बिनै  ।

फोर्ड ईकोस्पोर्ट एसई संस्करणमा सिङ्क–३ सूचना र मनोरञ्जन प्रणालीका साथ सनरुफ छ ।  गाडीमा पेट्रोल भेरियन्टमा १.५ लिटर, ३ सिलिन्डर पेट्रोल ईन्जिन र  डिजेल भेरियन्टमा १.५ लिटर ईन्जिनको विकल्प रहेको छ । ईकोस्पोर्ट १ लाख कि.मी. वा ३ वर्षे वारेन्टीका साथ कम लागत खर्च भएकोले ग्राहकको उच्च रोजाईमा पर्न सफल भएको कम्पनीको दाबी छ ।

 भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार ईन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचिमा राखेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved